धनकुटा । नेपाल बिद्यार्थी संघका केन्द्रिय सभापति दुजाङ शेर्पाले नेविसंघको धनकुटा जिल्ला अध्यक्षमा नेविसंघका नेता क्रान्ती राज पौडेललाई मनोनित गरेका छन।
नेविसंघ धनकुटाका तत्कालीन सभापती बालानन्द दहालले मंसिर ४ को चुनावमा धनकुटा प्रदेश ख तर्फ कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएपछी पार्टिले उनलाइ कारबाही गरेको थियो।
नेता पौडेल नेपाल इन्जिनियरिङ कलेज चागुनारायण भक्तपुरका निवर्तमान इकाई सभापती हुन। कलेज इकाई सभापती हुदा उक्त कलेजलाई प्रा।ली हुन नदिन उनको उल्लेख्य भुमिका थियो।
विद्यार्थी माझ निडर, प्रष्ट र अनुसासित नेताको छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको धनकुटा नेविसंघलाई चुस्त दुरुस्त बनाइ अधिवेशन मर्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए।
यसको लागि धनकुटाका सम्पुर्ण विद्यार्थी नेता र पार्टीका नेताहरुबाट आफुलाइ सहयोग प्राप्त हुने बिस्वास लिएको उनी बताउछ्न।


