हरिनगर । नेकपा एमाले  युवा नेता, आसन्न प्रदेश सभा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ मा  नेकपा एमालेका  उम्मेदवार हाजी अब्बास अन्सारी ले कार्यकर्ता भेटघाट कार्यलाई तिब्रता दिएका छन । अन्सारीले आज भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८को  वडाका कार्यकर्तालाई भेट गरेका छन।

311943851_881676849883513_6481560467037620783_n

त्यहाँका स्थानीयका पिर मर्का बुझ्ने, सान्तवना दिने लगायतका काम भैरहेका छन । नेकपा उमेदवार हाजी अब्बास अन्सारी  लाई गाउँ र घर घरमा जनताको समस्या बुझदा मुस्लिम र यादव  समुदायका धेरैजसो मानिस खुसीले गदगद भएका छन ।

312314400_5509158519165847_6550574789181090427_n

यहि मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरी  ४ ‘ख’ मा  नेकपा एमाले  तर्फा बाट  उम्मेदवार बनेका अन्सारी  कसरी चुनाव जित्न सकिन्छ भनेर आफ्ना शुभ चिन्तकहरुको माझमा पुगेको बताए । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ को मुस्लिम  समुदायका धेरै जना हाजी अब्बास अन्सारी लाई आफ्नो अमुल्य मत दिइ विजय गराउनेतर्फ उत्साहित भएको स्थानीय बासिन्दाहरुले बताए । 

298900505_1518963288527121_2083402172279840031_n

तस्तै हरिनगर गाउँपालिका वडा नं. ७ साबिकको घुस्कीमा चुनावी अभियानको क्रममा जनताको समस्या प्रति सहानुभुति देखाउँदै निरन्तर जनताको घर घर गई जनता सँग भेट घाटमा  घुस्कीको कविलासा गाउँ बासी सँग बसेर विगतको निर्वाचनमा जितेका अरु नेतृत्वहरुले यो क्षेत्रका लागि के गर्यो के गरेन भन्ने विषयमा चर्चा गर्दै त्यहाँका जनताहरु भोगिरहेको समस्या र गुनासाहरु पोखेछन । नेकपा एमाले सुनसरी ४ ख को उमेदवार हाजी अब्बास अन्सारी ले भने म यहीँको मान्छे हुँ म सँग सबै परिचित छन् जे समस्या पर्दा मेरो हर संभव सहयोग र साथरहने छ। हरिनगर गाउँपालिका वडा  नम्बर ७ मा बसोबास गर्ने सबै बस्तीमा पुगेर सबै आदरणीय व्यक्तिहरुको आशिर्वाद लिने आफ्नो योजना रहेको नेता अन्सारीले बताए ।

312214854_497060805632595_2970419153700390547_n