प्रतिनिधिसभा सदस्यको निर्बाचनमा नेकपा एमाले संगको सहकार्यमा चुनाव चिन्ह सूर्य बाट समानुपातिक उम्मेदवार बनेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एक नाथ ढकालले आफ्नो प्रतिबद्ता सार्बजनिक गरेका छन् ।
नेपाल परिवार दलको प्रदेश १. समितिद्वारा झापाको होटल बिनायकमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न आफ्नो पार्टीले नेकपा एमालेसंग सहकार्य गरेको उल्लेख गर्दै सबैखाले विभेदको अन्त्य र सुसंकृत, समुन्नत तथा समाबेशी नेपाल निर्माणमा नीतिगत योगदान गर्ने आफ्नो सैदान्तिक प्रतिबद्ता रहेको बताए। अध्यक्ष ढकालले एमालेसंगको सहकार्य राष्ट्रिय आवास्यकता भएको बताए।
संबिधानसभाका सभासद समेत रहेका ढकालले राष्ट्रियताको संरक्षण, परिबर्तनका उपलब्धिहरुको सस्थागत विकास, युवा स्वरोजगार, पारिवारिक मुल्यमान्यताको जगेर्ना, दिगो शान्ति र शुशासन, लगानी मैत्री वाताबरणको सृजना, वाताबरण संरक्षण तथा अन्तराष्ट्रिय सम्बन्धमा सुधार र राष्ट्रिय स्वार्थ केन्द्रित आर्थिक कुटनीतिलाई बढवा दिने लगाएत बिषयहरु आफ्नो प्राथमिकतामा रहने उल्लेख गरे ।

दलका सह महामन्त्री अशोक कुमार चौधरीले स्वागत मन्तव्य सगै दलका सम्पुर्ण नेता कर्याकर्ता शुभेच्छुक लगायत आम जनसमुदाय लाइ सुर्यमा भोट यसपालि भनेर अपिल गरेका थिए ।
कार्यक्रममा पार्टीका सह महामन्त्री तथा संबिधान सभा सदस्य मिलन कुमारी राजवंशी, केन्द्रिय सदस्य तथा प्रदेश सचिव राम बहादुर लिम्बु, मोरङ जिल्ला संयोजक सरोज पौडेल, सुनसरी जिल्ला संयोजक लक्ष्मण कार्कि लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रम झापा जिल्ला संयोजक केदार नाथ ढुंगाना को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण प्रदेश सचिव राम बहादुर लिम्बुले गरेका थिए।


