इटहरी । सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मद्वारी दिएकि नेकपा एमाले नेतृ भगबती चौधरीलाइ क्षेत्र नं ३ अन्तरगत इटहरी उपमहानगर वडा नं १० र ११ मा भब्य स्वागत गरिएको छ । नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ ९क० का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो थाल्नु भएकी चौधरीलाइ उपमहानगरका मतदाताहरूले जिताउने प्रतिवद्धता जाहेर गरेका छन ।

मत माग्ने क्रममा उम्मेद्वार चौधरीले ८० वर्ष नाघेका ज्येस्ठ नागरिकहरूबाट आशिर्वाद लिनुभएको छ । नेतृ चौधरीले मत माग्नुको साथै त्यस क्षत्रका बिद्यमान समस्याहरूको बारेमा मतदाताहरूसंग प्रत्यक्ष भलाकुसारी गर्दै यथाशिघ्र समस्या सामधान गर्ने तर्फ आफु तत्पर रहेको बताउनुभयो ।

चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउदै घरदैलौ अभियानलाइ तिब्र बनाएकि नेकपा एमालेकि नेतृ सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार भगबती चौधरी स्थानीय मुद्धाहरूलाइ प्रमुख एजेण्डा बनाउदै अघि बढनुभएको छ ।

चुनाव जितेर सिंहदरबार प्रवेश गर्ने अवसर पाए सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ ।

अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै आउनुभएको छ ।