सुनसरी क्षेत्र न ३ निक्कै चर्चित निर्बाचन क्षेत्र हो बिगत ३१ बर्ष देखि जित्दै आएका बिजय कुमार गच्छदार सङ्ग चुनाबि मैदानमा भगबती चौधरी भिड्दै छिन
प्रदेश सभा क्षेत्र नम्बर ३ (ख ) मा एमाले बाट रामदेव यादव छन भने बाम लोकतान्त्रिक गठबन्धन तर्फ नेपालि काङ्रेश बाट बिन्देश्वर यादव छन । शिक्षा ,सीप , रोजगारी , महिला उधयम, सामाजिक बिकास तथा कृषिमा आधुनिकीकरण जस्ता मुख्य एजेण्डा लिएर चुनाबि मैदानमा होमिएका रामदेव यादबको क्षेत्र नम्बर ३ (ख ) मा बिजय कुमार गच्छदारको भन्दा बढि चर्चा छ ।
लगातार जिताए पनि आफ्नो आबस्था उस्तै रहेको र अबस्था परिबर्तन गर्न नेतृत्व नै परिबर्तन गर्नु पर्ने बताउछन बर्जु निबासि लाल चन्द चौधरी ।
२०७४ को निर्बाचनमा अगमलाल चौधरी सङ्ग झिनो मतान्तरले हार बेहोरेका यादब हारे पनि जनताको सेवामा लगातार लागिरहे गढि गाउपालिका र बर्जु गाउपालिकामा आफ्नै पहलमा १ अर्ब जतिको बजेट पारेर मठ मन्दिर तथा बाटो लगायत नहर पैनि निर्माण तथा मर्मत गरे ।
''यसपालि जित पक्का छ किनकि काङ्रेश सङ्ग कुनै एजेण्डा नै छैन '' यादब बताउछन स्थानिय निर्बाचन बाट अनुमान लगाउने हो भने १८ ओटा वडा मध्ये १२ ओटा वडा एमालेले जितेको छ भने ६ ओटा वडा मात्र काङ्रेशले जितेको छ । यसैले पनि यादब को जित पक्का जस्तै देखिन्छ ।


