सुनसरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधीसभा सदस्यकि उम्मेद्वार एमाले नेतृ भगबती चौधरीले आगामी मंसिर ४ गतेको निर्वाचनमा अत्याधिक मत प्रदान गरि बिजयी गराउन मतदाताहरूसंग अपिल गर्नुभएको छ । क्षेत्र नं ३ अन्तरगत सुनसरीको दुहबी नगरपालीका १२ र बर्जु गाउपालीका १ को बिभिन्न गाउहरूमा मत माग्न पुग्नुभएको चौधरीले स्थानीय गाउकै साना साना समस्याहरूलाइ चुनावी एजेन्डा बनाउनुभएको छ ।
एमाले नेतृ चौधरीले सुनसरी ३ का मतदाताहरूमाझ केहि समय बिताउनुभएको थियो ।सोहि क्रममा त्यस क्षेत्रमा रहेका मतदाताहरूले भोग्दै आइरहेका बिद्यमान समस्याहरू र सामधानको विषयमा पनि छलफल गर्नुभएको थियो ।मत माग्ने क्रममा उहाले मतदाताहरूमाझ यो पटक ऋणको रूपमा भोट दिन अनुरोध पनि गर्नुभयो । ूमलाई ऋणका रूपमा भोट दिनुहोस, विकास ल्याएर ब्याजसहित फिर्ता गर्ने छुूमतदातामाझ उहाले भन्नुभयो ।
सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ । अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुभएको छ ।
ग्रामीण महिला सशक्तिकरण र लघुवित्त अभियानलाई अढाई दशकदेखि उठाउँदै आउनुभएकी नेतृ भगबती चौधरीले युवा स्वरोजगार र प्राविधिक शिक्षालाई पनि महत्व दिँदै आएकी आउनुभएको छ । व्यक्तिगत तवरमा दुहवीमा दिनेश चौधरी स्मृति पोलिटेक्निक इन्स्टिच्युट र दिनेश चौधरी आधारभूत विद्यालय समेत खोलेर शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएकी चौधरीले गाउँगाउँमा वित्तीय साक्षरता फैलाउँदै लाखौ महिलाहरूलाइ आत्मनिर्भर बनाइसकेको उदाहरणहरू प्रसस्तै भेटिने गरेका छन ।


