इटहरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरीलाइ बिकाशको राजधानी बनाउनेमा कुनै कसरत बाकि नराख्ने बताउनुभएको छ ।
सुनसरीको इटहरी उपमहानगर वडा नं ६ का मतदाताहरूमाझ भोट माग्न पुग्नुभएकि नेतृ चौधरीले अब इटहरी वासिको समस्या पनि आफ्नै भएको बताउदै इटहरीवासिले वर्षौदेखि भोग्दै आएको डुबानको समस्या आफु निर्वाचन जितेर गए लगत्तै प्रदेश र संघिय सरकारको समन्वयमा सामधान गर्ने तर्फ तल्लीन रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
नेतृ चौधरीले भन्नुभयो–‘मेरो उम्मेदवारी यहाँका जनताको आर्थिक समृद्धि, विकास र जनजिविकाका सवालमा हो । यो क्षेत्रमा विकास र समृद्धिको ढोका खोल्न हो ।’ चौधरीले नेकपा एमालेको टीमले जित हासिल गरे ३० वर्षमा हुन नसकेको विकासको काम ५ वर्षमा गरेर देखाउने घोषणा समेत गर्नुभयो । फुलमाला सहित इटहरी पुग्नुभएकी चौधरीलाइ मतदाताहरूले भब्य स्वागत गरेका थिए भने निर्वाचनमा जितको सुभकामना पनि दिएका थिए ।


