इटहरी । सुनसरी क्षेत्र नं. ३ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका रोहित कार्की यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय रोहित कार्की जनताले रुचाएका व्यक्तिमा पर्छन् ।
उनी खनार गाउँ पञ्चायतको पूर्व प्रधानपञ्च पनि हुन् । खनारमा रहेका हरेक भौतिक पूर्वाधार निर्माणमा कार्कीको निकै सहयोग छ । उनी खनारबासीले आफूलाई माया गर्नेमा विस्वस्त छन् । उनले यसअघि संसदिय निर्वाचन र स्थानिय निर्वाचन समेत लडेका थिए । तर उनी त्यस निर्वाचनमा पराजित हुन पुगेका थिए ।
२०४२ सालदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उनी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्ता जनाए । जसपाले निर्वाचनमा प्रर्णरुपमा समर्थन गरिरहेको उनी बताउँछन् ।
साथै उनले निर्वाचन जितेमा बाटाघाटा, बाढि, डुबान, टेंग्रा पुलको स्तरोन्नति, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने बताए । टेंग्रा खोलाको बाढिले बर्षेनी इटहरीका अधिकांश क्षेत्र डुबानमा पर्ने भएकाले यस समस्यालाई पहिलो प्राथमिक्तामा राखेर समाधान गरिने उनले बताए ।
कार्कीले पनि पञ्चायतकालदेखि राजनीतिक जीवन सुरु गरेका थिए । उनी खनार गाउँ पञ्चायतका प्रधानपञ्चसमेत भए । राप्रपाबाट त्यतीबेला उनले गरेका काम र विकासको प्रशंसा स्थानीयहरु आजसम्म पनि गर्छन् । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयर उम्मेदवारसमेत बने । तर एमाले र काँग्रेसपछि तेस्रो लोकप्रिय मत ल्याएर पराजित भए । त्यसपछि भने उनले परिवर्तनप्रति जनताको मतको सम्मान गर्दै राप्रपा त्यागेर नेकपा एमाले प्रवेश गरेको घोषणा गरे ।


