रामधुनी । सुनसरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका परशुराम बस्नेत यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय बस्नेत जनताले रुचाएका व्यक्तिमा पर्छन् ।
२०४० सालदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उनी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्ता जनाए । नेकपा एमालेले निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेको उनी बताउँछन् ।

साथै उनले निर्वाचन जितेमा बाटाघाटा, बाढि, डुबान, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने बताए । रामधुनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको विकास गर्ने, कोसी नदीको प्रकोप न्यूनीकरण गर्ने, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्ने, प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स्थापना गर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने, रामधुनी मन्दिरलाई पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता कायम गर्ने, झुम्का कारगारदेखि रामधुनी मन्दिरसम्म बाटोलाई व्यवस्थित तथा फराकिलो बनाउने तथा खेलकुद पूर्वाधार विकास लाई पहिलो प्राथमिक्तामा राखेर समाधान गरिने उनले बताए ।



