चुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ?

सुनसरी क्षेत्र नं. ४  (क) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छु । जनताहरु मंसिर ४ गते छाता चिन्हमा मतदान गर्न प्रतिक्षारत रहेको मैले पाएको छु ।

तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ?

यो सत्य हो  निर्वाचन जितेमा बाटाघाटा, बाढि, डुबान, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने छु। रामधुनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको विकास गर्छु , कोसी नदीको प्रकोप न्यूनीकरण गर्न, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्न, प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स्थापना गर्न, सामुदायिक विद्यालयको स्तरोन्नति गर्न, रामधुनी मन्दिरलाई पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता कायम गर्न, झुम्का कारगारदेखि रामधुनी मन्दिरसम्म बाटोलाई व्यवस्थित तथा फराकिलो बनाउन तथा खेलकुद पूर्वाधार विकास लाई पहिलो प्राथमिक्तामा  राखेर काम गर्न अठोटका साथ अहिले घरदैलो मा छु ।

चुनाबपछि नेताहरु भेट्नै मुस्किल हुन्छ भन्ने जनताको गुनासो छ नी ?

बास्तबमा नेता भनेको जनताले बनाउने हो र नेताले जनताकै काम गर्ने हो । हाम्रो परिपाटी चै ठिक उल्टो भएको छ, तर म त्यस्तो नेतामा पर्दिन । जनता माझ मा नै रहिरहने छु । भोली चुनाब जितेर गएपछि पनि सुनसरी पकलीमै बस्छु, सधै जनतासँग हुुन्छुु । अहिले जनताले मलाई मत दिएर पठाउनु हुन्छ म भोली विकास र सहज जिवनयापनका कार्यक्रम लिएर जनताको घरघरमा आउछु ।

यो क्षेत्रका जनताको आय स्तर बढाउन के योजना बनाउनुु भएको छ ?

हाम्रो आयश्रोत के हुन भनेर छुट्याइ । यो क्षेत्रको मुख्य आम्दानीको स्रोत भनेको कृषि, ब्यापार र पर्यटन हो । त्यस कारण कृषिका लागि सडक सञ्जाल, कृषि उपकरण तथा मलखादमा सहुलीयत र बजारीकरणको ब्यबस्थापन गर्नुपर्छ। पर्यटन यो क्षेत्रको प्रमुख आम्दानीको स्रोत कोशी टापु  हो । हामीसँग भएका प्राचिन मन्दिर, सास्कृतिक सम्पदा, भौगोलिक विविधता, सामुदायिक बन तथा नदीहरुलाई पर्यटक भित्रयाउने गरि पुर्वाधार विकास गर्नु पर्छ । पर्यटकीय गतिविध बढ्न थालेपछि यहाँको आर्थिक गतिबिधीहरुमा निकै राम्रो सुधार हुने मैले देखेको छु ।