इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा चुनावको मिती नजिक आएसगै विभिन्न दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।
एमालेका उम्मेदवार र नेताहरुले नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुसँग चुनावको प्रचार अभियानका बिचमा एमाले प्रवेश गराउने योजना अनुरुप प्रवेशको लहर चलाएका हुन ।
नेकपा एमालेका ४ नम्बर क्षेत्र निर्वाचन संयोजक सरोज पोखरेलका अनुसार विभिन्न राजनितिक दलमा रहेका भोक्राहा–नरसिह गाउपालिकाबाट १ सय ५० जना, बराहक्षेत्र नगरपालिकाबाट ५० जना र हरिनगर गाउपालिकाबाट १ सयजना नेकपा एमालेमा प्रवेश गरेका हुन ।
स्थानिय तहको निर्वाचनमा का भोक्राहा–नरसिह गाउपालिकामा लोसपाबाट उपाध्यक्षको उम्मेदवार रहेकी नितु मेहतासहित एमालेमा प्रवेश गरेकी हुन ।
नवप्रवेशीहरुलाई एमालेका प्रतिनिधिसभाका उम्मेदवार जगदिश कुसियैत र प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीले अविर टिका गम्छा लगाएर स्वागत गर्दै आगामी दिनको राजनितिक जिवन सफलतातर्फ अगाडी बढाउन शुभकामना दिएका थिए ।
उम्मेदवार जगदिश कुसियैतले यसक्षेत्रको विकासका लागि यहाका जनताको दुख समस्या बुझेको व्यत्तीलाई जनप्रतिनिधिका रुपमा चुनाव जिताउन क्षेत्रवासी सचेत भएकाले एमाले गठबन्धनका उम्मेदवारले यसपटक चुनाव जित्ने दावी गरे ।
प्रदेशसभाका उम्मेदवार अब्बास अन्सारीले नेपाली काग्रेस लगायतका पार्टीमा रहेका सयौ कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेकाले एमालेका उम्मेदवारलाई भारी बहुमतका साथ चुनाव जिताउन मतादाताहरु लागेको दावी गरे ।
एमालेका नेता बाबुराम साहले भोक्राहा–नरसिह गाउपालिकाबाट खुलेर सार्वजनिक रुपमा एमाले प्रवेश गर्नेहरु भन्दा भित्र भित्रै एमालेका उम्मेदवार जिताउने अभियानमा विभिन्न दलका नेता कार्यकर्ताहरु लाग्ने क्रम बढदै गएको बताए ।
एमालेले सुनसरी ४ नम्बर क्षेत्रको सवै वडामा आयोजना गरिने घरदैलौ र चुनावी प्रचार प्रसार अभियानमा वडा स्तरको सभाको आयोजना गरि एमालेमा प्रवेश गराउने योजना ल्याएकाले मौन अवधीसम्म ५ हजार बढी विभिन्न दलका कार्यकर्ताहरु एमालेमा आउने साहले बताए ।


