इटहरी / इटहरीमा लैङ्गकि हिसां विरुद्दकाे १६ दिने अभियानकोे उद्घाटन गरीएकाे छ ।शुक्रबार इटहरी उपमहानगरपालिकाकाे मुख्य आयाेजनामा उक्त कार्यक्रमकाे उद्घाटन गरीएकाे हाे ।

लैङ्गिक हिसां बन्द गर , लैङ्गिक समानता कायम गर, महिला हिसां बन्द गर  लगायत लेखीएकाे पम्प्लेट प्रदर्शन गर्दै इटहरी मुख्य चाैकमा प्रभातफेरी समेत निकालीएकाे छ भने प्रभात फेरी सकिए पछि  इटहरी उपमहानगरपालीकामा प्राङ्गणमा १६ दिने अभियानकोे उद्घाटन गरीएकाे छ ।

कार्यक्रमकाे उद्घाटन इटहरी उप-महानगरपालिकाकी उपमेयर संगिता चाैधरीले गरेकि थिइन् भने आउदाे १६ दिन सम्म गरीने कार्यक्रमहरुबारे जानकारी सामाजिक शाखा प्रमुख भाेजकला दावडीले दिएकी थिईन् ।

इटहरी उपमहानगरकाे प्राङ्गगणमा भएकाे कार्यक्रममा इटहरीका विभिन्न क्याम्पसका बिद्यार्थीहरु, महिला तथा लैङ्गीक हकका वारेमा आवाज उठाउदै आएका विभिन्न संघ सस्थांहरु, सुरक्षाकर्मीहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

अन्तर्राष्ट्रिय महिला हिसां अन्त्य दिवसकाे दिन उद्घाटन गरीएकाे अभियान १६ दिन सम्म चल्ने छ ।

उक्त अवधिमा  इटहरी उपमहानगरमा लैङ्गिक तथा महिला अधिकारको क्षेत्रमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् । उक्त अवधिमा हिसां निवारणकाे लागि अभिमुखीकरण कार्यक्रम, मानव बेचबिखन बिरुद्दकाे कार्यक्रम , नाटक प्रदर्शनी तथा सराेकारवाला समक्ष अन्तरकृया कार्यक्रम , दिप प्रज्वलन कार्यक्रम र विभिन्न शिविरहरु हुने छन् ।

कार्यक्रममा  विभिन्न वडा अध्यक्षहरु , वडा प्रतिनीधीहरु , सरकारी तथा ग‌ैर सरकारी संघ सस्थाका प्रमुखहरु , सञ्चारकर्मी सुरक्षाकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे । यस वर्षको अन्तर्राष्ट्रिय नारा "UNITE ! ACTIVISM TO END VIOLENCE AGAINST WOMEN & GIRLS !" र राष्ट्रिय नारा " सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान" रहेको छ ।