इटहरीमा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको मोरङ सुन्दरहरैँचा वडा नं. ५ को बुढीगंगा सेवा केन्द्रबाट सदस्यको हितमा सुविधा थपिएका छन्।

                       व्यवस्थापन समितिका रुद्रबहादुर तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुढीगंगा सेवाकेन्द्रका व्यवस्थापक शंखर लम्सालले सेवा केन्द्रको बारेमा सहजिकरण गरेका थिए ।

            महिला बचत तथा ऋण सहकारी संस्था इटहरीमा सुन्दरहरैँचाको बुढी गंगा वचत तथा ऋण सहकारी संस्था गाभिएपछि शेयर सदस्य बिरामी भएर अस्पताल भर्ना गरेर राख्नुपर्दा पाँच हजार दिने व्यवस्था गरिएको छ। विहीबार भएको सहकारीको अवस्था र सहकारी विषयक छलफलका क्रममा संस्था महिला बचतमा गाभिएपछि मुटुका बिरामी भएका सदस्यलाई ५० हजार, बाख्रा, बगुर र कुखुरा पालनका लागि १५ हजार, जेष्ठ सदस्यलाई सम्मान, ऋण प्राप्तिका लागि सहजतालगायतका सेवा वृद्दि गरिएको जानकारी दिइयो ।

 संस्थाले आर्थिक कारोबार अन्तर्राष्ट्रिय सिद्दान्त, मूल्य–मान्यता र सहकारी ऐन तथा मापदण्ड अनुसार भएको पनि जनाइएको छ। छलफल कार्यक्रममा सुन्दरहरैँचा वडा नं. ५ का वडाध्यक्ष गणेश चौधरी, स्थानीय समाजसेवी तेज पुरी,  इन्दिरा घिमिरे, घनश्याम घले, चोलेन्द्रप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

321421705_553920069959172_6788066288927079026_n