इटहरी । इटहरीमा बिगत २५ वर्ष देखि कृषि पेशामा रहेको इटहरी कृषि फर्मले र नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा आधुनिक खोर निर्माण गरि उन्नत जातको बाख्रा पालन गर्ने भएको छ ।
इटहरी कृषि फर्मले जनप्रतिनिधि भेटघाट तथा पत्रकार सम्मेलन गरी आयोजनाकाबारे मा जानकारी गराएको छ । कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन भएको प्रोप्राइटर शशि श्रेष्ठले बताउनुभयो । नेपालभरीका कृयासिल कृषकहरूमध्ये बाटै छानिएको इटहरीको कृषि फर्मलाइ नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको ५० प्रतिशत लागत साझेदारीमा उक्त आयोजना सुरू गर्ने भएको हो ।
आयोजनाकै लागी नेपाल लाइभ स्टक सेक्टर इनोभेसनकोले अनुदान रकम दिने भएपछि आधुनिक खोर निर्माणको काम सुरू गरिएको इटहरी कृषि फर्मका ब्यवस्थापक निर्मल श्रेष्ठले बताए । उक्त आयोजनाको कुल लागत भने १ करोड २ लाख ८० हजार रहने जनाइएको छ ।
उक्त आयोजनाभित्र बाख्रा पालन पोषण एवम स्पस्थ्य र गुणस्तरीय मासु बिक्री बितरण ,स्वोदेशमै रोजगार शिर्जना र आधुनीक खोर निर्माण गरी उन्नत जातका बाख्रा बिक्री बिरण गर्ने जस्ता रहेका छन ।
आफ्नाे नगरपालिकामा विश्व बैंकको सहकार्यमा यस्तो योजना पर्दा नगरको बिकासमा टेवा पुग्ने इटहरी वडा नं ७ का अध्यक्ष देब नारायण चौधरीले बताउनुभयो।

