इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ ।

उद्योग वाणीज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा,प्रदेश १ सांसद रेवती रमण भण्डारी,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रभु प्रसाद ढकाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।


