सुन्दरदुलारी उद्याेग वाणिज्य संघले इलामका व्यवसायी प्रेमप्रसाद आचार्य  र बिराटनगरका  मोहन न्यौपानेकाे निधन प्रती दुख ब्यक्त गरेकाे छ । शुक्रबार एक बिज्ञप्ती जारी गर्दै संघले दुवैकाे असमायिक निधन प्रति श्रद्धाञ्जली प्रकट गर्दै व्यवसायी प्रती सरकारलाइ उत्तरदायी हुन अनुराेध गरिएकाे छ । बैंककाे चर्काे ब्याजदर नीति परिमार्जन गरी व्यवसायीहरूलाइ शान्तकाे बातावरणमा व्यवसाय गर्न दिनुपर्ने संघकाे माग छ ।

             सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन सुन्दरदुलारी उद्याेग वाणिज्य संघ अध्यक्ष  जिबन प्रसाद ढुंगाना द्वारा हस्ताक्षरित बिज्ञप्तीमामार्फत आग्रह गरेको हो । आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै कारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भवनअघि आत्मदाहको प्रयास गरेको उनको बुधबार बिहान निधन भएको थियो ।