इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा चार वर्ष देखि सञ्चालन हुदै आएको द व्यायामशालाले मसाज तथा थेरापी सहितको वेलनेश समेत सञ्चालनमा ल्याएको छ ।
द व्यायामशाला वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उद्घाटन गरे ।


द व्यायामशालाले पुर्वी नेपालका मानिसहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ । उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा समाजसेबी देबु निरौला, इश्वरि पराजुली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

