प्रदेश नंं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पु- याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश नं. १ को पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको भन्दै पर्यटन व्यवसाय सम्बन्धि यो भेला उपलब्धी मूलक भएको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रमा पर्यटन दशक घोषणा गरेर विश्वका बजारमा अर्बौं प्रचारमा खर्च गर्नु अगाडि देशका गन्तव्यहरूको पूर्वाधार विकास गर्नु पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्नु्भयो । प्रदेश १ मा ५० देखि ६० किलोमिटरको सडक दूरीमा फरक फरक हावापानी पाइने भन्दै मुख्यमन्त्री कार्कीले पर्यटनमा त्यसले सहयोग गर्ने उल्लेख गर्मूभएको थियो ।

पर्यटन सम्बन्धि अर्को प्रसङ्गमा बोल्दै मुख्यमन्त्री कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको उल्लेख गर्नुभयो । ७/८ प्रतिशत ब्याजदर बढेर १४/१५ पुग्नु राम्रो नभएको भन्दै बैंकहरूको अनुदार नीतिले पर्यटन क्षेत्र समेत नराम्रो गरि थला परेको तर्क गर गर्नुभयो । निजी क्षेत्रलाई बैंकको ब्याजदर घटाउन आफ्नो पनि साथ हुने भन्दै मुख्यमन्त्री कार्कीले बैंककै नीतिले समस्या बढाएको र समस्या सावधानका लागि सरकारले ध्यान दिन जरूरी रहेको उल्लेख गर्नुभयो ।
पहिलो पटक भएको प्रदेश नं १ स्तरीय मार्केटिङ कन्क्लेभमा पर्यटन व्यवसायलाई के कसरी अघि बढाएर यसको वृद्धि विकास गरि ओझेलमा परेको बिषय तथा यहाँको सम्भावनालाई विश्वमा फैलाउँन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा नेपाल , भारत , बङ्गलादेश लगायतका २ सय भन्दा बढी होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।


