इटहरी / आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका लागि रञ्जु सिग्देल (चौलागाईँ), जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), , पीताम्बर पोखरेल र मणिन्द्रबहादुर कटवालले मनोनयन दर्ता गराएका छन् । उनीहरुले आज (बिहिबार) उम्मेदवार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा छ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यका लागि ४ जना आवश्यक पर्दा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्यमा भने ९ जना आवश्यक पर्दा २६ जनाको उम्मेदवारी परेको छ ।