इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष उम्मेदवार पीताम्बर पोख्रेलले जीवन पराजुलीलाई समर्थन गर्ने भएका छन् । मङ्गलबार गरिएको पराजुली प्यानलको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका हुन् । 

दुवै काँग्रेस निकट व्यवशायीहरु हुन् । पराजुलीले चुनावी प्रचारप्रसार तीव्र बनाएपनि पोख्रेलले भने अभियान थालेकै थिएनन् । पराजुलीको प्यानल समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको पोख्रेलले बताएका छन् । 

पराजुलीलाई उवासंघका वर्तमान अध्यक्ष भीमबहादुर पौडेल र पूर्व अध्यक्ष टङ्कप्रसाद दुलाललगायतले समर्थन गरेका छन् । यता काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, संघका पुर्व अध्यक्ष रोहित प्रसाईलगायतले भने गायत्री कटवाल भण्डारीलाई मतदान गर्न आग्रह गरेका छन् ।  

माघ २८ गते हुने निर्वाचनमा पराजुली, कटवालसहित रन्जु सिग्देल र मणिन्द्र कटवाल बिच प्रतिस्पर्धा हुने भएको छ ।

329043488_574362641002990_2708383803165124356_n