इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।
अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।
होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुली तरहरा जेसीजअध्यक्ष नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।
आँफू अध्यक्षमा निर्वाचित भइसकेपछि पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानका निम्ति योगदान गर्ने बताए /


