सहकारी वृत्तमा हाम्रो किसान, समृद्ध समाज एउटै अभियान भन्ने मुल नाराका साथ प्रदेश नम्बर १ मै उत्कृष्ट पहिचान बनाएको सहकारी किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरुको मन जित्दै गएको छ । युवाहरु लाई सहकारी संस्थाको मुलधारमा ल्याउन, सहकारी चेतना जागृत गर्न, युवा सक्रियता बढाउन र  सामाजिक उत्तरदायीत्व बहन गर्न सिकाउने  उद्देश्यका साथ संस्थाको शाखाहरुमा युवा क्लब गठन गर्ने क्रम चलिरहेको छ ।

               मंगलबार संस्थाको बराहक्षेत्र न.पा.स्थित बाङ्गे शाखामा पनि ११ सदस्यीय युवा क्लब गठन भएको छ । जसको अध्यक्षमा बराहक्षेत्रका सक्रिय युवा व्यवसायी नवीन श्रेष्ठ चुनिएका छन् । उक्त समिति गठन कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले गरेका थिए । ४० जना सक्रिय युवाहरु सहभागी भएको कार्यक्रममा संस्थाका उपसचिव महेश रेग्मी, बजार प्रबर्द्धन बिभागका कर्मचारी अनिष खड्का, बाङ्गे शाखाका प्रमुख रमेश दहाल र संचालक समिति सदस्य गुणराज निरौला लगायतको उपस्थिति रहेको थियो ।


room


समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जुना खत्री, सचीवमा प्रेम प्रसाद निरौला, कोषाध्यक्षमा सेविका बस्नेत र सदस्यहरुमा रोनिशा राजधामी, रुपा कार्की , कुशल घिमिरे, शान्ति श्रेष्ठ , जयन्ता कार्की, प्रेम मगर साथै देवन बुढाथोकी चयन भएका छन् ।