बराहक्षेत्र / मानवता , सेवा , धर्म र कर्तव्यकाे पालन गर्दै विद्यार्थी बिरामीको उपचारकालागि सहयोग जुटाउन थालेका छन्। बराहक्षेत्र नगरपालिका वार्ड नं ५ कलबन्जारमा बसोबास गर्दै आएका कक्षा १२ मा अध्यान गर्दै आएका वर्ष १९ का रञ्जिता धामीका एक मात्र छोरा आरेमन धामीकाे टाउकोमा रगत जमेर विराटनगर न्युरो अस्पतालमा उपचार हुँदैछ र अझै घाँटीमा नि समस्या देखिएकाले उपचार गर्नु पर्ने डाक्टरले बताएका छन् ।
लाखौं रुपैयाँ खर्च भै सककाे र ३,४ लाख रुपैयाँ थप लाग्ने भएको छ, घरको आर्थिक अवस्था कमजोर र निम्न भएको हुनाले मुन बिमका विद्यार्थीहरु मिली स्कूल/ कलेजबाट सहयोग उठाउँदै परिवारलाई सहयोग गर्दै छन्।
ज. डे. ज मावि कालबन्जर - ५ :रु २०,१०५
मुन बीम एकेडेमी कलब्नजर -५ : रु ६,५५५
भरौल बाल मन्दिर स्कूल नडाह-३:रु २,७५५
डिभाईन लाईट स्कूल : २,१२०
जम्मा गरी : ३२ हजार ८० रुपैया सहयोग हस्तान्तरण भएको मुन बिम एकेडेमी कक्षा १२ मा अध्ययनरत सन्दिप थापाले बताए।
सहयोगका लागि सम्पर्क नं : 9816318787, 9805329262
e- sewa नं: 9805329262 गर्न सकिने थापाले बताएका छन्।
330348218_731216355386779_2125645164507352748_n