इटहरी : उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन बुधबार भएको छ ।  माघ २८ गते भएको निर्वाचितबाट विजयी अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम गरिएको हो । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरियो । पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरिएको छ ।

         नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले महासचिवमा विनोद पौडेल, वाणिज्य उपाध्यक्षमा सविना कोइराला र उद्योग उपाध्यक्षमा विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा द्दय अशोक मोर र सिनेट रिजाल चयन गर्नुभएको छ । पदस्थापनका क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अब इटहरीमा विजयी नेतृत्वलाई बजार व्यवस्थापनको मुख्य चुनौती रहेको बताउनुभयो ।

          नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहण गरेकै दिन १९ जना निर्वाचित सदस्यहरुमध्ये नौ जना सदस्यहरुले विरोध जनाएका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन्। निर्वाचित सदस्यसँगै उपसमितिका संयोजकको पदस्थापन भएकोमा उनीहरूको विरोध छ। बिधानमा प्रस्ट रुपमा  मनोनित  सदस्य साथै उपसमिति चैन गर्न  अध्यक्षले प्रस्ताब राखेर समिति ले निर्णय गर्नु पर्ने छ र मात्र सफत खुवाउनु पर्छ  तर कार्यसमिति नै चैन नगरी  बाहिरका व्यवसायीलाई निर्वाचित सदस्यसँगै राखेर सपथ खुवाउनु विजयी सदस्यको अपमान भएको उद्योग सदस्यमा विजयी राजेन्द्रकेसरी घिमिरेले बताउनुभयो ।