विराटनगरमा विहीबारदेखि नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ ।हेल्थ  केयर एण्ड वेल बिइंग, करेन्ट ट्रेण्ड्स एण्ड च्यालेन्जेज भन्ने नारा सहित आयोजना गरिएको सो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै  कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  स्वास्थ्य  क्षेत्र र  स्वास्थ्यकर्मीहरुको  सुरक्षा सरकारको जिम्मेवारी भएको बताउनुभयो ।

        उहाँले जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक समन्वय र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाल चिकित्सक संघले स्थापना गरेको  रुपा फाउण्डेशन अवार्ड चिकित्सक तर्फ डा. भोला रिजाल र नर्स तर्फ मेट्रोन लहर मायालाई प्रदान गरिएको छ । मुख्यमन्त्री कार्कीले डा. भोला रिजाललाई नगद एक लाख सहित सम्मान पत्र र मेट्रोन लहर मायालाई २५ हजार नगद सहित सम्मान पत्र प्रदान गर्नुभयो ।

               यसैगरी सो कार्यक्रममा चिकित्सा पेशामा विशेष योगदान दिए वापत विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । तीन दिन  सम्म  आयोजना  हुने  सो  राष्ट्रिय  सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र सबलीकरण  विषयमा छलफल  हुने  बताइएको छ । यसैगरी ५० वटा कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ।