इटहरी। गोक्यो इन्टरनेशनल स्कूल इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो १३ औ वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि प्रधानाध्यापक मनिषा भट्टराईले जानकारी दिनुभयो ।

334924441_149395548004810_8554305620196456578_n

इटहरी उपमहानगर पालिका शिक्षासाखा प्रमुख सुर्य प्रसाद सुबेदीको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नं ३  का अध्यक्ष उमेश सुबेदि नागरिक समाज इटहरी अध्यक्ष राजु केशी  लगायत स्थानीय समाज सेवी , अभीभावक लगायतको उपस्थिति रहेको थियो   ।


कक्षा १०  सम्म संचालनमा रहेको विद्यालयले  गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप कक्षा संचालन गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्ने  विद्यालयका अध्यक्ष सुनिल अधिकारीको भनाई छ।