इटहरी । इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार विद्यालयले आफ्नै प्राङगनमा अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।


विद्यालयकि अध्यक्ष बिनिता ढकालको अध्यक्षता एवम इटहरी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो ।
विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर विभिन्न संस्कृती झल्कीने गरी सास्कृतीक प्रस्तुती गरिएको थियो ।


साथै सोही कार्यक्रमका बिच अभिभावकहरुसँग विद्यालयको शैक्षिण गुणस्तरमा थप प्रभावकारी बनाउने सम्बन्धमा राय सुझाव लिइएको थियो । कार्यक्रममा के.एम.सी.ए.का अध्यक्ष हरि आचार्य, जनता माबि ब्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल , शिक्षा सेवी दिनेश पौडेल लगायत शिक्षक,जनप्रतिनिधी एवम अभिभावकहरुको सहभागीता रहेको थियो ।






