इटहरी । इटहरी २ स्थित पशुपति इंग्लिश बोर्डिंग स्कुलले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २८  औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगणमा आफ्नो २८  औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । 

             विद्यालयका सञ्चालक समिति अध्यक्ष उमा ढकाल को अध्यक्षता एवम राष्ट्रिय परिक्षाबोर्ड निर्देसक युबराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा गत वर्ष एसइइ ए प्लस बिध्यार्थी हरु र    विद्यालयका सहयोगी कर्मचारीहरु लाई सम्मान गरिएकोअध्यक्ष ढकालले बताउनु भयो   । 

334927244_1438517450016956_7552731260856710304_n

            आइतबार भएको कार्यक्रममा पशुपति इंग्लिश बोर्डिंग  स्कुलमा  अध्ययनरत विद्यार्थीहरूले कक्षाकोठामा हुने शैक्षिक क्रियाकलाप बाहेकका अन्य भएका अन्तरनिहीत क्षमताहरु प्रस्तुत गरेका छन् । विद्यालयको आयोजना भएको कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, हस्तकला प्रदर्शनी, नाटक साथै सास्कृतिक प्रस्तुती गरेर क्षमता प्रस्तुत गरेक छन्   ।

image_2023-03-06_233446894

        साथै सोही कार्यक्रमका बिच अभिभावकहरुसँग विद्यालयको शैक्षिण गुणस्तरमा थप प्रभावकारी बनाउने सम्बन्धमा राय सुझाव लिइएको थियो । कार्यक्रममा प्याब्सन प्रदेश उपाध्यक्ष ज्ञान कुमार दाहाल, प्याब्सन जिल्ला अध्यक्ष अनुप तामांग  लगायत स्थानीय बुद्दिजिबी, शिक्षक,जनप्रतिनिधी एवम अभिभावकहरुको सहभागीता रहेको थियो ।