उदयपुर । अपाङ्गता ता तथा अशक्त हरुका लागि सहयोग  पुर्याने उदेश्यले रोटरी  क्लव अफ इटहरीले चौदण्डीगढी नगरपाललिका क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तीहरुका लागी २० थान ह्वील चेयर वितरण गरेको छ ।                               चौदण्डीगढी नगरपालीकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच क्लवले ह्वील चेयर वितरण गरेको हो । रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीको अध्यक्षता तथा चौदण्डीगढी नगरपाललिकाकी उपप्रमुख मणिका देवी दुलालको प्रमुख आततिथ्यतामा आयोजित सो कार्यक्रममा  उपस्थित भएका  ५ जनालाइ तत्काल ह्वील चेयर वितरण गरिएको थियो भने अन्य १५ जनालाइ नगरपालिकाले घरमै उपलब्ध गराउने गरी नगरपालिकालाइ हस्तान्तरण गरिएको छ ।

334850712_229055942907083_9107832041726415614_n

                    सो कार्यक्रममा बोल्दै चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिका देवी दुलालले नगरपाललिकामा रहेका अशक्त विपन्न परिवारलाइ नगरले सहयोग सामाग्री उपलब्ध गराउन नसकीरहेको अवस्थामा रोटेरी क्लव अफ इटहरीको सो कार्यले विपन्न अपाङगता तथा अशक्त भएका व्यक्तीहरुलाइ सहज भएको बताएकी छिन ।

      यस्तै,रोटेरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीले उक्त चौदण्डीगढी नगरपालीकाले ह्वील चेयर आवश्यक भएको जानकारी गराउनका साथै  अपाङगता तथा अशक्त भएका व्यक्तीहरुलाइ ह्वील चेयर उपलब्ध गराउन अनुरोध गरेपछी सोही अनुरुप २० थान ह्वील चेयर उपलब्ध गराएको र आगामी दिनमा पनी केन्द्रसँग सहकार्य गरेर सहयोगी सामाग्री उपलब्ध गराउने बताएका छन । 

         ह्विल चेयर बितरण कार्यक्रममा चौदण्डीगढी नगरपालीका ४ का वडा अध्यक्ष लुङराज राइ,महिला,बालबालिका शाखा प्रमुख एञ्जेला ढकाल,रोटेरी क्लवका पुर्व अध्यक्षहरु अनन्त विष्ट,लक्ष्मी धिताल,अनिता अधिकारी लगायतको सहभागीता रहेको थियो । 

333304236_917599322613547_7197824345530191750_n