
विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतिररिक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयका प्राध्यापक थानेश्वर ढकाल नेल्सनले फुटबल तर्फ सिनियर र जुनियर,भलिवल,चेस, रिले रेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरुलाइ विभिन्न विधाका १ हजार भन्दा बढीलाई मेडल मार्फत पुरस्कृत गरिएको बताएका छन ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीद्धारा उद्घाटन गरिएको सो कार्यक्रम सुक्रबार अभिभावक दिवस सहित सास्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने जनाइएको छ ।


