इटहरी / नवदृष्टि आइ हस्पिटल प्रालि इटहरीले विहीबार इटहरी वडा नं. १२ मा आयोजनागरेको निःशुल्क आँखा जाँचमा  एक सय चार जनाले आँखा परीक्षण गरेका छन् । 
                      इटहरी उपमहानगरपालिका वडा नं. १३ एवम् श्री मदन आश्रित आधारभूत विद्यालयको संयुक्त आयोजनामा भएको शिविरमा वडा नं. १२ र १३ का स्थानीयले आँखा जाँच गरेका हुन् । इटहरी वडा नं. १२ मदन आश्रित आधारभूत विद्यालय रानीगाउँको मैदानमा बिहान १० बजेदेखि ३ बजेसम्म चलेको शिविरमा निःशुल्क आँखा तथा चस्मा जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ।