सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा वडा नं. ६ मा सञ्चालित  साजीलाल माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ विभिन्न सस्कृतिक कार्यक्रम सहित सुरु भएको कार्यक्रम विद्यालयका शिक्षक बासु पोखरेलले संचालन गर्नुभएको थीयो । वार्षिकोत्सव तीन दिनसम्म चल्नेछ। कार्यक्रमको सुरुवातमा शुक्रबार टिकाराम दाहाल स्मृति अक्षयकोषमार्फत नगरस्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ। प्रतियोगिताको संचालन सुन्दरहरैँचा वडा नं. ४ का वडा सचिव अनिल पोखरेल गर्नु भएको थियो 
      335457534_134016189372669_6564561144935559059_n 2                 
   जसमा साजिलाल माध्यमिक विद्यालयका छात्रछात्राको टोली प्रथम, सुकुना माध्यमिक विद्यालयका छात्रछात्राको टोली दोस्रो र श्रीखण्ड माध्यमिक विद्यालय लोचनीका छात्रछात्राको टोली तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोलाई नगद पुुरस्कार क्रमशः दस, सात र पाँच हजार अक्षयकोष दाता कमला पोखरेल दाहालले प्रदान गर्नुभयो । हाजिरीजवाफ प्रतियोगितामा नगरभरका नौवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
335489231_724011815927344_1095010912340736758_n 2
कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रम पूर्व प्रधानाध्यापक एकराज भट्टराईको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा टिकाराम दाहाल स्मृति अक्षयकोषका दाता समेत रहेका पूर्व शिक्षक पिताम्बर दाहाल बिशिस्टअतिथि हुनु हुन्थियो तेस्तै कार्यक्रममा, सुन्दरहर्रैँचा नगरपालिका कार्यपालिका सदस्य दुर्गा पोखरेल, सहित अभिभाभक–शिक्षक, छात्राछात्राको बाक्लो उपस्थिति  रहेको थियो ।
334970664_129958166683196_439339813858786468_n - Copy (2)