इटहरी । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार २७ गते देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसै क्रममा सुनसरीको इटहरी स्थित जनता बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । जनता क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी ले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेका छन।
अनेरास्ववियु सुनसरी जिल्ला सहसचिब एवम अनेरास्ववियुजनता क्याम्पस अधक्ष समेत रहेका वीवीएस चौथो वर्षमा अध्ययनरत उज्वल सिग्देललाई सभापतिको उम्मेद्वार बनाएको छ । सिग्देलको प्रस्तावकमा आरति राई र समर्थकमा अनिता मगर रहनु भएको छ । यस्तै सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा हेमराज खड्काको उम्मेदवारी दर्ता गरिएको छ भने खुल्ला सदस्यमा सम्झना ऐश्वर्य सेन चौधरी,नारायण थापा , अब्धी बस्नेत, मनिष चौलागाईं , सुभाष खत्री , आदर्श पोखरेल, देबि ढकाल (दिया), नेत्रबहादुर बस्नेत उम्मेदवार रहेका छन् ।
यसैगरि समानुपातिकतर्फ सदस्यमा रिजन भट्टराई , भुपाल पराजुली, पुस्कर धमला ,रोमन कार्की, अनिता मगर , आरति राई , लाल बा. सुबेदी,नम्रता ढुंगाना, यादव कार्की,दिपा लुइँटेल, दुर्गा बुढाथोकी,दिपेन्द्र खतिवडा, खेमराज तिम्सिना, मोहन बहादुर खत्री उम्मेदवार रहेका छन् । जनता क्याम्पसमा सभापति, सचिव, कोषध्यक्ष र ११ जना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् भने १०० जना सदस्य समानुपातिकबाट निर्वाचित हुनेछन् ।

जनता क्याम्पसमा ५७ सय बढी विद्यार्थी अध्ययनरत रहेकाले २१ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन गठन हुनेछ । सभापति पदका उम्मेदवार उज्वल सिग्देलले जनता क्याम्पसमा एमाले समर्थीत अनेरास्ववियु नेतृत्वमा को अनेरास्ववियु र अखिल क्रान्तिकारीप्यानलको जित सुनिश्चित भएकाले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । नेकपा एमालेले राष्ट्रियता र देशको विकासका लागि गरेको काम देखेर यस क्याम्पसका धेरै विद्यार्थीहरु अनेरास्ववियुमा आवद्ध भएकाले सहज रुपमा जित हात पार्ने उहाँको भनाइ छ । उता नेपाली कांग्रेस, जनता समाजवादी बिद्यार्थी यूनियन लगायत दलका विद्यार्थी संगठन भने अर्को गठबन्धन बनाएर चुनावी मैदानमा छन्


