सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुल आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सुन्दरहरैंचामा कृयाशिल रहेर सुन्दहरहरैंचा गतिविधि र बिकृती बिसगतिलाई परिष्कृत गर्दै समाज परिवर्तनमा कलम र क्यामराको माधयमबाट उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। सुन्दरहरैंचामा बिधालयले यस किसिमको श्रीमान श्रीमतिको जोडि सहितको पत्रकारलाई पहिलोपटक गरेको हो। कार्यक्रममा सामाजिक ब्यक्तित्व भक्ती सिटौला र ज्ञानेन्द्र ओझा तथा चारकर्मी शिव भट्टराई र एलएन गच्छदार दम्पति लाई सम्मान गरेको छ।
सुन्दरहरैंचाको शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोले सिटौला र ओझालाई र सुन्दरहरैंचामा कृयाशिल रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोले भट्टराई र गच्छदारको श्रीमतिसहितको जोडिलाई सम्मानित गरेको हो । उक्त कार्यक्रमको समुदघाटन नगर उपप्रमुख अकली चौधरीले गरेकि थिइन भने उपप्रमुख चौधरीले सामुदायिक र निजि बिधालय स्थानीय स्तरकै निगरानीमा रहेको भन्दै सबैलाई समान तवरले हेरिरहेको बताइन । चौधरीले अभिभावक , बिद्यार्थी र शिक्षकको सम्बन्ध घनिष्ठ हुनु अपरिहार्य रहेको भन्दै अबको विनियोजित बजेटमा शैक्षिक क्षेत्रमा वृद्धि गर्नु पर्ने र निजि र सामुदायिक बिधालयमा समान बजेट हुनु पर्ने जोड दिनु भयो।
आमादेवी कोइराला छात्रवृत्ति अक्षय कोषबाट १ जना आर्थिक अवस्था कमजोर भएको १ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति समेत प्रदान गरेको छ। त्यसैगरी १४औं अभिभावक दिवसको उपलक्ष्यमा बिबिध सांस्कृतिक कार्यक्रम तथा विभिन्न विद्यामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण तथा यस बिधालयमा अध्ययन गरेका पुर्व बिद्यार्थी हाल समाज र राष्ट्रको विभिन्न क्षेत्रमा सेवा गर्ने २३जनालाई प्रंशसा पत्र बितरण र उत्कृष्ट २६ जना अभिभावकलाई समेत प्रंशसा पत्र प्रदान गरेको थियो। प्ले ग्रुप देखि कक्षा १० सम्मका परिक्षामा उत्कृष्ट अंकल्याउने बिद्यार्थी पुरस्कृत समेत गरेको थियो।

बिद्यालयको प्रगती बिबरण र भाबी कार्ययोजना प्रस्तुत गर्दै प्रिन्सिपल सन्तोष कुमार राईले प्रतिभावान र सृजनात्मक शिक्षामा हाम्रो प्रतिबद्धता रहेको भन्दै बिधालयले यसै शैक्षिक सत्रदेखि चिल्ड्रेन मन्टेश्वरी स्थापना गरेर संचालन गर्दै आएको बताए। बिद्यार्थीको संख्यात्मक भन्दा शिक्षाको गुणस्तरीयलाई वृद्धि गर्दै लाने भन्दै समाजिक उतरदायित्व बहन गर्दै आएको नमुना बिधालयको परिचय समेत पाएको र सबै अभिभावकको मन समेत जित्न सफल रहेको बताए।उक्त अवसरमा सो वडाका अध्यक्ष गणेश चौधरीले सुन्दरहरैंचा वडा ५ को बिकास निर्माणमा शैक्षिक क्षेत्रमा यस बिधालयले महत्वपूर्ण योगदान दिएको भन्दै समाजिक क्षेत्रमा बिधालयले खेलेको भुमिकाको प्रशंसा समेत गरे।
उक्त अवसरमा बिधालयले आफ्नो उच्च गरिमालाई कायम गर्दै मनोबैज्ञानिक, प्रबिधि र संस्कारयुक्त शिक्षालाई जोड दिएको विद्यालय अध्यक्ष मोहन ढकालले बताए । उक्त अवसरमा सम्मानित ब्यक्ती शिक्षाप्रेमी तथा कुसल राजनीतिकर्मी भक्ती सिटौला र पत्रकार एलएन गच्छदार र पुर्व बिद्यार्थीको तर्फबाट जितमान गुरुङ लगायतले बिधालयको प्रगतिको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरे। उक्त कार्यक्रममा सुन्दरहरैंचा वडा ५ का अध्यक्ष गणेश चौधरी , वडा ६ का सन्तोष लिंङदेन , प्याब्सन केन्द्रिय सदस्य हेमन्त कार्की लगायत समाजिक ब्यक्तित्व, राजनीतिकर्मी, शिक्षाप्रेमी, अभिभावकको समेत उपस्थिति रहेको थियो।


