व्यवसायिका समस्या समाधान गर्न प्रशिक्षण तथा अन्तरकृया

alt

इटहरी । उद्योग वाणिज्य संघ इटहरीले व्यवसायिका समस्या समाधान गर्न तालिम प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको इटहरी  आयोजना  गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले इटहरीका वस्तुगत व्यवसायिक संघ संस्थामा आइपर्ने कर सम्बन्धी समस्या सहजिकरणका लागी कर तथा राजश्व भी सी टी एस सम्बन्धी तालिमको आयोजना गरेको हो । केहि समय अगाडी उद्योग वाणिज्य संघ इटहरीले २२ वटा वस्तुगत संघसंस्था सँग गरेको अन्तरकृया अनुरुप मदिरा ,होटल र रेडिमेड व्यवसायी संघबाट पत्र आएपश्चात संघले तालिमको आयोजना गरेको जनाइएको छ ।
IMG_20230326_194829

नयाँ शीर्षकमा जरिवाना तिर्नुपर्ने,राजश्व कर बुझाउने सम्बन्धमा देखापर्ने समस्या लगायतका बिषयमा सहजिकरण गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताएका छन । उक्त कार्यक्रम मार्फत उद्योगी व्यवसायिहरुलाइ तालिमको सुरुवात गरिएको साथै अन्य संस्थाले पनी सुझाव माग गरेको खण्डमा अन्य सहजिकरण गर्दै जाने उनले विश्वास व्यक्त गरे। 

व्यसायी र राजश्व कार्यलय बिच मिसम्याचको समस्या उत्पन्न हुने गरेको बताउँदै आन्तरिक राजश्व कार्यलय इटहरीका प्रमुख अर्जुन न्यौपानेले मिसम्याच रकम बुझाउने कार्यमा स्वयम व्यवसायीले समेत तदारुकता देखाउनुपर्ने बताएका छन । साथै उनले मिसम्याचको समस्या समाधान तथा सहजीकरणका लागी आन्तरिक राजश्व कार्यलय इटहरी परिसरभित्र हेल्प डेस्कको स्थापना गरिने पनी बताएका छन । 
IMG_20230326_194900

यस्तै,कारोवार गर्दा स्टोक राम्रोसँग व्यवस्थापन गर्नुपर्ने, बिल उपलब्ध गराउनुपर्ने लगायतका विषयमा जानकारी गराउँदै राजश्व अनुसन्धान कार्यलयका कार्यकारी प्रमुख सुरेश आचार्यले कानुनको दायित्व र दायराभित्र रहेर कारोवार गरेमा राजश्व अनुसन्धान कार्यलयको व्यवसायीले ढोकामा जान नपर्ने तालिममा जनकारि दिए  । 

तालिममा विल दिने कुरामा सानो त्रुटीका कारण जरिवानामा पर्न सक्ने समस्या , कारोवार गर्दा अपनाउनुपर्ने उपाय,सचेतना लगायतका विषयमा व्यवसायीहरुलाइ अवगत गराइएको थियो । व्यवसायीलाइ कर राजश्व बुझाउने सम्बन्धमा सहजीकरण गर्नेगरी शोमवार देखी सञ्चालनमा आउने हेल्प डेस्क चैत्र मसान्तसम्म रहने पनी सो अवसरमा जानकारी गराइयो ।

    बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु

    इटहरी । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ...

    मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद

    इटहरी। मोरङको बेलबारी नगरपालिका–६, सोमबारेबाट करिब ३१ किलो लागूऔषध गाँजासहि ...

    विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

    इटहरी। वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्र ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]