बेलबारि / सहारा नेपाल साकाेस बेलबारि सेवा केन्द्रले बेलबारि  ४ स्थित पंचायत आधारभुत बिद्यालय धरहरामा २०७९ चैत्र १७ गते संस्थाले शुरु गरेकाे सदस्य सुनाै, सदस्य बुझाै अभियान अन्तर्गत १ दिने सदस्य शिक्षा तथा बिस्तारित मंच सम्पन्न गरेकाे छ । धरहरा सहारा समूहकि अध्यक्ष लिला मेहताकाे अध्यक्षता तथा अनुगमन अधिकृत महेश तामाङ, का साथै बिद्यालयका प्राचार्य  सन्ताेस फुएलकाे आतिथ्यमा कार्यक्रम सम्पन्न भयको छ।

             सदस्य सुनाै, सदस्य बुझाै अभियान  कार्यक्रममा साे क्षेत्रका ७० जना  सदस्यहरुको  सहभागी रहेको थियो। कर्मचारी अन्जना खतिवडाकाे स्वागत र रमेश चाैहानले  संचालन गरेको कार्यक्रममा  नया बर्स २०८० काे शुभकामना आदान प्रदान सगै क्यालेण्डर समेत बितरण गरिएकाे थियाे ।

           सेवा केन्द्र प्रमुख सरिता गिरिले कार्यक्रमकाे औचित्य सहित बेलबारी सेवा केन्द्रकाे प्रगति ,सम्भावना र चुनाैति बारे स्पस्ट पार्नु भएकाे थियाे । गिरिले सदस्य ले गर्न पर्ने   कार्य बारे अवगत गराउदै काम कर्तब्य र अधिकार का बारेमा जानकारी गराउनुभयो   । तेस्तै  अनुगमन अधिकृत तामाङले सहाराकाे बिगतकाे पृष्ठभुमि सगै हाल सहकारी क्षेत्रका अवसर र चुनाैति र शेयर सदस्यले खेल्नु पर्ने भुमिका बारे बताउनु भयाे।

       336644167_615852239976038_4194805879366755985_n

  सहकारि हरु प्रति दिनदिनै जन बिस्वास घटदै गएकाे सन्दर्भमा र सहकारी हरु क्रमश धरासायि भईरहेकाे परिस्थितिमा पनि सहाराकाे बित्तिय सुचकांक सन्ताेसजनक रहेकाे र सहाराका कर्मचारीहरु प्रबिधिमा अब्बल  रहे सगै पेशा प्रति इमान्दार रहेकाेले  सदस्यकाे ऋण बचत अपचलन नहुने   कुरामा ढुक्क भएर काराेबार गर्न आब्हान गर्नु भयाे । सहकारीमा हरेक शेयर सदस्य आफै मालिक र आफै ग्राहक पनि भएकाेले सबै सदस्य लाई अन्य बैकमा नभई आफनै सहकारीमा काराेबार गर्न  अनुराेध गर्दै र सहारा नै किन राेज्ने भनि अधिकृत तामाङले स्पस्ट पार्नु भयाे ।

337633443_471237911809880_3245937780908949727_n

          विभिन्न  खेल तथा सामुहिक छलफल बिधि बाट बर्तमान अवस्थामा बित्तिय साक्षरताकाे महत्व  र संस्थाकाे बस्तु तथा सेवा सुबिधा बारे रमेश चाैहान र अन्जना खतिवडाले सहजिकरण गरेका थिए । साे कार्यक्रममा  लामो समय देखि  सहरा नेपाल आबद्ध मा रहेर उद्यम गर्दै आउनु भएका धरहरा सहारा समुहकि अध्यक्ष लिला मेहता लाई सफल उद्यमी र छोटो समयमा पनि उद्यमि बन्न सफल हरियालि सहारा समुहकि अध्यक्ष अनु सुब्बा  लाई उदयिमान उद्यमी काे रुपमा  सम्मान तथा पुरस्कृत समेत गरिएकाे थियाे भने अन्त्यमा कर्मचारि र सदस्यहरुले नया बर्सकाे शुभकामना आदान प्रदान, सामुहिक नाचगान सगै

आ  आफ्नो  प्रतिभा समेत प्रस्तुत गरेका थिए ।