इटहरी । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४वटा सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ  ।

   जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रत्येक पालिकामा रहेका एक एक र जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी कुल १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो ।

    जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गंगा प्रसाद दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारीहरुलाई सम्मान गरियो ।
339630884-605918427779562-5644556917831424657-n

यसरी सम्मानीत हुने सहकारीहरुमा इटहरी उपमहानगरपालिकामा रहेको सिटी साकोस, शुभलाभ साकोस, धरान उपमहानगरपालिकाको पानस साकोस, इनरुवा नगरपालिकाको शिक्षकहित साकोस, रामधुनी नगरपालिकाको गौरी शंकर साकोस, बराहक्षेत्र नगरपालिकाको पिपलवोट साकोस, कोशी गाउँपालिकाको हनुमान कृषि सहकारी संस्था लिमिटेड, भोक्राहानरसिंह गाउँपालिकाको भद्रकाली साकोस , हरिनगर गाउँपालिकाको उपयुक्त कृषि सहकारी संस्था ,देवांनगज सिनुवारी महिला कृषि सहकारी संस्था लिमिटेड, बर्जुगाउपालिकाको छिमेकी साकोस, गढीगाउपालिकाको सफल महिला कृषि सहकारी संस्था र सुनसरी जिल्ला भरीको उत्कृष्ट सहकारीका रुपमा राष्ट्रसेवक वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र जिल्ला भरीका महिलाहरुले मात्र सञ्चालन गरेका सहकारीहरु मध्ये दुहवीमा रहेको असल महिला साकोसलाई सम्मान गरियो ।
WhatsApp Image 2023-04-03 at 18.16.00

सम्मानित भएका सहकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल र उप प्रमुख संगीता चौधरीले  सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला भरी सहकारीहरुका सञ्चालक , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
WhatsApp Image 2023-04-03 at 18.16.05 (1)

सुनसरी जिल्लामा वचत तथा ऋण सहकारी, दुग्ध सहकारी, कृषि सहकारी, बहुउद्धेश्यीय सहकारी, लघुउद्यम सहकारी र सुचना संचार सहकारी गरी कुल ५सय ३९ सहकारी रहेका छन ।