सुन्दरहरैचा / सहारा नेपालकाे २८ औ स्थापना दिवसमा  सरसफाई तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। २८ औ  स्थापना दिवसको  अवसरमा सहारा नेपाल साकाेस बिराटचाैक सेवा केन्द्र द्वारा  डस्टबिन र ट्राफिक सामग्रि  हस्तान्तरण गर्नुका साथै नागदेबि मन्दिर परिसर र सलकपुर चाैक  सरसफाई र अटाे र सिटि चालक लाई ट्राफिक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

सहारा नेपाल साकाेस बिराटचाैक  सेवा केन्द्र संचालन उपसमिति चिरन्जिबि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा  सुन्दरहरैचा वडा न ९ का  वडा अध्यक्ष  प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रमका  प्रमुख अतिथि  वडा अध्यक्ष  श्रेष्ठ  र  कार्यक्रमअध्यक्ष रेग्मीले ट्राफिक प्रहरिलाई ट्राफिक सामाग्रि  र नागदेबि मन्दिर ब्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गर्नुभयो  ।  

338212129_175031561655042_3545707510632121119_n

सहारा नेपालले आफ्नो वडा मा साकोस मार्फत गरिरहेको काम को प्रसंसा गर्दै आफ्नो सामाजिक दाइत्व पुरा गर्न गरिएको सामाजिक कार्यको प्रसंसा गर्नुभयो । 

339483718_1193138857995454_7854443717787299238_n
कार्यक्रम मा नागदेबि मन्दिर ब्यवस्थापन समिति अध्यक्ष रामकृस्ण खडका,ससस्त्र प्रहरी बल बाट जगदिस झागड,ट्राफिक प्रहरीका गाेपाल  श्रेष्ठ,  नेपाल प्रहरि बिराटचाैकबाट   मुना बिस्ट नागदेबि भजन मण्डलि अध्यक्ष पुस्पा खडका,  सहारा नेपाल  अनुगमन प्रमुख महेश तामाङ सहारा नेपाल सेवाकेन्द्र  केराबारि प्रमुख सागर अधिकारी, स्थानीय बुद्धिजीवी लगायत  अतिथिको उपस्थित मा भएको कार्यक्रम  माेतिखर संजेलले  संचालन गर्नु भएको थियो । 

339358840_611812800479771_8818764399097910712_n

कार्यक्रममा अतिथिलाई  स्वागत गर्दै  बलराम लिम्बू ले यस क्षेत्रको जनताको माया त बिस्वासले ससक्त भयर काम गर्ने प्रेरणा मिलेको बताउनु भयो त्यसैगरी  महेश तामाङले सहारा ले आफ्नो सामाजिक दाइत्व पुरा गर्न यस्ता विभिन्न कार्यक्रम विभिन्न सेवाकेन्द्र बाट गरिरहेको जानकारी गराउनु भयो । 

338742273_239135948563363_5899204442356710356_n

कार्यक्रमको  समापनमा   वडा अध्यक्ष,कर्मचारि र शेयर सदस्य समेतकाे उपस्थितिमा कार्यालयमा  दिप प्रज्वलन  साथै  केक काटेर सुभकामना आदान प्रदान गरि सहारा नेपालको २८ औ बार्सिक उत्सब समापन गरेको छ ।