इटहरि / सहारा नेपाल तरहराले सस्थाकाे २८ औ बार्षिक उत्सव काे अवसर पारेर तरहरा हाेम्स क्षेत्रमा आफ्नाे गाउ सफा बनाउ अभियान गरि सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

इटहरि २० का वडाअध्यक्ष मणिराम क्षेष्ठको प्रमुख आतिथ्यता तथा तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेको अध्यक्षतामा भएको सरसफाइ तथा डस्विन वितरण कार्यक्रममा  तरहरा जेसिज  अध्यक्ष बहादुर तामाङ, टाेल विकास सस्थाका अध्यक्ष  अर्जुन बस्नेत, नेपाल रेडक्रस  साेसाइटि तरहरा का सभापति सुमन दाहाल , सहारा नेपाल साकाेस अनुगमन अधिकृत रतन तिम्सिना, उप समिति सम्याेजक याम बहादुर बस्नेत , इटहरि वडा न २० का वडा सदस्य सुरेस गुरुङ, धर्मा गिरि, स्थानीय बुद्दिजिबी, समाजसेबी,  लगायत सेयर सदस्य तथा समुहका  पदाधिकारिकाे उपस्थितिमा डस्विन वितरणका साथै इटहरि २० तरहरा हाेस्स चौकक्षेत्र  सरसफाइ  गरेकाे छ। कार्यक्रममा नया बर्स २०८० काे शुभकामना आदान प्रदान सगै क्यालेण्डर समेत बितरण गरिएकाे थियाे ।

339791603_525354393009743_4271929828670512634_n

वडा अध्यक्ष मणिराम क्षेष्ठले सदस्यले लिएकाे रिणकाे सहि सदुपयाेग गरि आफ्नाे जिवनस्थर उकास्न र राम्रो  कार्यकाे लागि सस्थालाइ सदै  साथ र सपाेर्ट  गर्ने बताउनु भयो।

           सेवा केन्द्र प्रमुख शान्ता काफ्लेले कार्यक्रमकाे औचित्य सहित तरहरा सेवा केन्द्रकाे प्रगति ,सम्भावना र चुनाैति तथा संस्थाले गरिरहेकाे कार्यकम तथा सामाजिक  क्षेत्रका   कार्यहरु बारे प्रस्ट  पार्नु भयाे । काफ्लेले सदस्य ले गर्न पर्ने   कार्य बारे अवगत गराउदै काम कर्तब्य र अधिकार का बारेमा जानकारी गराउनुभयो   । तेस्तै  अनुगमन अधिकृत रतन तिम्सिनाले सहाराकाे बिगतकाे पृष्ठभुमि सगै हाल सहकारी क्षेत्रका अवसर र चुनाैति र शेयर सदस्यले खेल्नु पर्ने भुमिका र सस्थाले गिरहेकाे सामाजिक कामकाे कामकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

338541160_554288143475566_8253859882559913526_n

सहकारि हरु प्रति दिनदिनै जन बिस्वास घटदै गएकाे सन्दर्भमा र सहकारी हरु क्रमश धरासायि भईरहेकाे परिस्थितिमा पनि सहाराकाे बित्तिय सुचकांक सन्ताेसजनक रहेकाे र सहाराका कर्मचारीहरु प्रबिधिमा अब्बल  रहे सगै पेशा प्रति इमान्दार रहेकाेले  सदस्यकाे ऋण बचत अपचलन नहुने   कुरामा ढुक्क भएर काराेबार गर्न आब्हान गर्नु भयाे ।