पथरि / झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था लिमिटेडले आफ्नो २८ औ बार्सिक उत्सब सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि मनाई रहेकाे छ ।
संस्थाले २०७९ चैत्र २१ गते आफ्नो स्थापना दिवस को आवसरमा आफ्ना ८० ओटै सेवा केन्द्र बाट विभिन्न सामाजिक कार्यक्रम गरि बार्सिक उत्सब मनाइरहेको छ । तेस्तै ३८ औ सेवा केन्द्रकाे रुपमा पथरी बजारमा रहेकाे पथरि सेवाकेन्द्रले पनि पथरि सेवा केन्द्र संचालन उपसमितिका अशाेक आचार्यको अध्यक्षता तथा पथरि शनिस्चरे वडा न १ का वडा अध्यक्ष भिम कुमार राईको प्रमुख अतिथ्यतामा ट्राफिक प्रहरी कार्यालय पथरि परिसरमा ट्राफिक सचेतना सामग्रि बितरण तथा सचेतना -र्याली र दुर्घटना न्युनिकरण अभिमुखिकरण कार्यक्रम गरि मनाएकाे छ ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरिका प्रहरी नायब निरिक्षक जगदिस प्रसाद मेहता, पथरि ट्राफिक प्रहरी ईन्चार्ज याेगेन्द्र सिह खडका, जन प्रतिनिधिहरु सीता परियार, चन्द्र कुमार राई , दिल ब कार्किका साथै सहारा नेपाल अनुगमन अधिकृत महेश तामाङ स्थानीय बुद्दिजिबी लगायत २०० जना अतिथि,कर्मचारिहरु हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शालिकराम भटराईले स्वागत मन्तब्य राख्नु भयको थियो भने पथरी प्रमुख चन्द्रकला खातिले कार्यक्रम संचालन गर्नुभयको थियो तेस्तै कार्यक्रमकाे औचित्य तथा सहारा नेपाल हिजाे र आज बारे अनुगमन प्रमुख महेश तामाङले प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहाराकाे शेयर सदस्य ऋण मिनाहा बापत शेयर सदस्य बिदुर दर्जि लाई नगद ४०००० बितरण गरिएको थियो । तेस्तै कार्यक्रममा ट्राफिक सचेतना बाेर्ड, बस स्टेण्डमा रिङ डस्टबिन बितरण र प्ले कार्ड ब्यानर सहित ट्राफिक सचेतना -र्याली ले नगर परिक्रमा गरि सेवा केन्द्रमा भेला भई सचेतना अभिमुखिकरण सम्पन्न गरेको छ ।

कार्यक्रममा सहाराकाे सामाजिक कार्य बारे प्रशंसा गर्दै आगामि दिनमा वडा कार्यालय सग निरन्तर साझेदारि र सहकार्य गर्न वडा अध्यक्ष कुमार राईले अनुराेध गर्दै सहकारि तथा बैक बित्तिय संस्थाले आर्थिक संकटकाे बेला सहजिकरण गर्नु पर्ने बताउनु भयाे ।ट्राफिक प्रहरी प्रमुख खडकाले दुर्घटना न्युनिकरणका लागि अपनाउनु पर्ने सावधानि बारे जानकारि गराउनु भएकाे थियाे ।

