सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ६ मा रहेका सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईको अध्यता तथा सुन्दरहरैचा वडा ६ का अध्यक्ष सन्तोस लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
नयाँ वर्षको अवसर पारेर विवीध कार्यक्रमको आयोजनाको विकल्पमा सन्देशमुलक काम गरौ भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

सो कार्यक्रममा नेपाली काङग्रेस सुन्दरहरैचा नगर सभापती भक्ती सिटौला,नागरिक समाज सुन्दहरैचाका अध्यक्ष दधिराम ढुङगााना लगायतको उपस्थिती रहेको थियो ।


