दुहबी / समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन भएको छ ।
प्रहरी र विद्यार्थीबीचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उद्देश्यअनुसार इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईको सक्रियतामा स्थानीय गोकुल किड्जी विद्यालयका विद्यार्थीहरुलाई प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिए ।
कार्यक्रममा कार्यालयको परिसरमा फलफूल, धुपी, अमलालगायतको विरुवाहरु वृक्षारोपण गर्नुका साथै बिद्यालयको सहयोगमा हिरासतमा मानव मस्तिष्क आकारको पुस्तक रयाकसहितको पुस्तकालयको निर्माण गरी विद्यार्थीबाट समुद्घाटन भएको छ ।

यसरी बालबालिकाहरुसँगको सामिप्यताले बालबालिकाहरुमा प्रहरीप्रतिको सोचमा परिवर्तन भई सूचनाहरु संकलन हुने र हुन सक्ने आपराधिक गतिविधीहरुमा समेत प्रहरीको पहुँच पुगेमा समाजमा हुने विविध किसिमका आपराधिक कार्यहरुलाई समयमै निरुत्साहन गर्न सकिने लक्ष्यका साथ यस किसिमका कार्यक्रमहरु निरन्तर सञ्चालन हुने प्रहरी निरीक्षक चौलागाईले बताए ।



