केराबारी /  झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था  लिमिटेडले आफ्नो २८ औ  बार्सिक उत्सब  सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि  मनाई रहेकाे छ।

 सहारा नेपाल साकोसको २७ औ वार्षिक उत्सवको अवसरमा केराबारी  सेवाकेन्द्र नं. ७६  अन्तर्गत पनि कार्यक्रम आयोजना गरिएको छ । १ बर्ष अघी अर्थात २०७८ चैत्र  २१ गते ७६ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र केराबारी स्थापना भएको सहाराले केराबारी स्थीत के यु एकाडेमि एक कार्यक्रम गरी अहिले सम्मको उपलब्धीहरु सार्वजनीक गरेकोछ ।

 केराबारि सेवा केन्द्र  प्रमुख सागर अधिकारीको अध्यक्षता तथा  मनमाया मगर उपाध्यक्ष केराबारि गाउपलिकाको प्रमुख अतिथी रहनु भएको कार्यक्रमलाई माेतिखर संजेलले सन्चालन गर्नु भएको थियो भने राजकुमार सरदारले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अथिति मनमाया मगरले  सहारा नेपाल सहकारिकाे भिडमा बेग्लै पहिचान बनाएकाे सहकारि संस्था हुनुका साथै  सामाजिक क्षेत्रमा  अ्ग्रणि स्थानमा रहेकाे देशकै ठुलाे सहकारी भएकाेले सहारा नेपाल बाट आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तरताकाे अपेक्षा राखेकाे बताउनु भयो ।

338644538_905093310748765_8682686870231948634_n

सहारा साकोस केराबारीका  शाखा प्रमुख सगर अधिकारि ले केराबारी शाखाको  १  बर्षमा गरेको प्रगती विवरण प्रस्तुत गर्नुभयो ।  सहारा नेपाल साकोस झापाको चारपाने गा.वि.स बाट सुरुभई आज प्रदेश १ भरी आफ्नो कार्यक्षेत्र बनाएर ६ जिल्लामा ८० वटा सेवाकेन्द्रबाट कारोबार गरिरहेको अधिकारिले जानकारी दिनुभयो  ।  ७६ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र केराबारी  स्थापना भएको  १  बर्ष अवधीमा   हाल सम्म ४९५  जना शेयर सदस्य रहेका छन । कार्य क्षेत्र केराबारी गाउपालिकाका वडा नम्बर ६,७,८,९,१०  संगै   ५०   समुहमा रहेको अधिकारिले  जानकारी दिनुभयो । साथै  सहारा नेपाल सहकारि भएकाेले गाउँ गाउँ टाेल टाेलमा सबैलाइ समेटन चाहेकाे,सदस्यता खुला रहेकाेले सदस्यता लिई काराेबार गर्न अनुराेध  गर्नुभयो  ।

338664768_1027109891590210_1640549498189392940_n

कार्यक्रममा अनुगमन अधिकृत महेश तामाङले सहारा नेपाल साकोसको बारेमा बोल्नुका साथै  धेरै जसाे राेग फाेहाेर मैला बाटै शुरु हुने भएकाेले ब्यक्तिगत सरसफाईका साथै घर आगन टाेल सफा राख्न सकेमा धेरै राेग बाट बच्न  सकिने  र  स्वास्थ्यमा हुने  खर्च पनि जाेगिने बताउनु भयो  । उहाले सहाराले  महत्वपूर्ण यो‌गदानको बारेमा चर्चा गर्दै   सहार‌ा अहिले‌ धे‌र‌ै‌को‌ वास्तविक सहार‌ा बनेको बताउनु भयो । सदस्यलाई उद्यमी बनाउने‌दे‌खि सामाजिक कार्यहरुमा सहार‌ाको‌ यो‌गदान , गर‌ीब आवासदे‌खि शिक्षा, स्वास्थ्य लगायतका क्षे‌त्रमा सहार‌ाले‌ यो‌गदान गरि‌र‌हे‌को‌  कार‌ण जनतामाझ प्रसंशित छ र‌ लो‌कप्रिय बन्दै गरेको दावी गर्नुभयो । उहाले देशका जस्तोसुकै समस्या, तरलता आएनी ,सहाराले बचतकर्ताको बचत रकम सहजै उपलब्ध गराउदै आएको र यो निरन्तर रहने बताउनु भयो ।

338734442_751822589672911_4244897807054441074_n

सरसफाई सम्बन्धि सचेतना जगाउन र टाेल सरसफाई राख्न सहयाेग पुगाेस भन्ने हेतुले  र जेस्ठ नागरिक भनेका अनुभवका धनि समाजका आदरणिय ब्यक्तित्व हुन, उहाहरुकाे संरक्षण र हेरबिचार गर्नुपर्दछ ,उहाहरुकाे सुखदुखका कुरा सुन्नु पर्दछ भनी सहारा नेपाल नजिकै रहेका ७ वटा  टाेल बिकास समितिलाई  डस्टबिन र १० जना ज्येष्ठ  नागरिक हरुलाई दाेसल्ला, ढाका टाेपि र बुढेसकालकाे  सहारा लाैराे प्रमुख अतिथि उपाध्यक्ष  मार्फत बितरण गरिएकाे थियाे । 

कार्यक्रममा अतिथि हरु केराबारि गाउपलिका कार्यपालिका सदस्य गंगा लिम्बू , वडा सदस्य राजन थापा , मिरा कुमारि बि क, प्रहरी चाैकि  केराबारि  प्रमुख दिपिन थापा , ट्राफिक प्रहरी केराबारि  प्रमुख रामचन्द्र कटवाल,के यु एकाडेमि केराबारि  प्रिन्सिपल  समीर सुवेदी लगायत स्थानीय बुद्धिजिबी नागरिक हरुको  उपस्थिति रहेको थियो ।

340224648_1836401146744185_6282962393030211781_n

अन्त्यमा सामुहिक रुपमा नया बर्स २०८० काे शुभकामना आदान प्रदान,चियापान सगै सहारा नेपालकाे नया बर्स काे क्यालेण्डर बितरण सगै  कार्यक्रम समापन गरिएको थियो ।