इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सुनसरीकाे इटहरीमा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पाेखरेलले आज इटहरी शाखाकाे उद्घाटन गर्नुभए सँगै सेवा सुभारम्भ भएकाे हाे ।

उपभोक्ताले नेपाली बजारमा उपलब्ध अन्य इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले जनाएको छ । कम्पनीले १ हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपी टीभी प्रदान गर्ने जनाएको छ ।

                     कम्पनीका अनुसार कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गरि उच्च लाभ लिन सक्ने छन् । साथै, ‘सीजी नेट’ प्रयाेगकर्ताहरूका लागि बालबालिकाकाे हकमा कुनै पनि अवाञ्छित साेसल साइटहरूमाथि अभिभावकले प्रतिबन्ध वा नियन्त्रण समेत गर्न सक्ने सुविधा रहेकाे जनाइएकाे छ । नेट जडान गर्दा फिर्ता गरिने गरी २ हजार ५ सय रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप- वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने सीजी नेटले जनाएको छ।।