सुनसरीको इटहरीस्थित यूनिभर्सल अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयलेइटहरी ४ स्थित आफ्नै विद्यालयमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम को साथै यूनिभर्सल क्विजको आयोजना गर्दै १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरका शिक्षा महाशाखाका अधिकृत सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उच्च पदस्थ क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख आतिथि कार्कीले वर्तमान समयमा विद्यार्थीहरुमा मोबाइल फोनको लतका कारण शिक्षाक्षेत्र खस्कीएकोले यसलाई ध्यान दिन अनुरोध गर्नु भयो तेस्तै यूनिभर्सल अङ्ग्रेजी माध्यमिक विद्यालयले उत्पादन गरेका बिद्यार्थी विभिन्न उच्च पदस्थ क्षेत्रमा कार्यरत हुनु बिद्यालयको सफलता पनि रहेको बताउनु भयो।

विद्यालयका प्रिन्सीपल गणेश भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका सभाअध्यक्ष तथा बिध्यालयका प्रधानाध्यापक गणेश भण्डारीले बिध्यालयको प्रगति विवरण पेश गर्दै यस बिध्यालयले स्थानीय स्तरमा आफ्नो नाम बलियो संग स्थापित गरिसकेको र ३०० भन्दा बढी विद्यार्थीहरुलाई SLC/SEE गराइ सकेको साथै अतिरिक्त क्रियाकलापमा समेत जिल्लामा नै उत्कृष्ट रहेको बताउदै भाबि योजनामा आगामी बर्ष देखि नै ११/१२का कक्षाहरु संचालन गर्ने योजना रहेको बताउनुभयो ।
प्याब्सन कोशी प्रदेशका सल्लाहकार कबिन्द्र मण्डल का साथै प्याब्सन जिल्ला कार्य समित सुनसरीका उपाध्यक्ष रमेश कार्की ले समेत आफ्नो मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भयो। इटहरी उपमहानगरपालिका वडा ४ का जनप्रतिनिधि अमृत बस्नेत, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशन, कस्तुरी कलेजकी प्राध्यापक लिना कट्वाल भण्डारी का साथै नवराज खड्का, रत्न बहादुर कार्की, लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ॥ 



