इटहरी । सुनसरीको इटहरीस्थित एभरेस्ट बैङ्कको शाखाले १९ जना सर्वसाधारणकाे कराेडाै रकम नियत बस हिनामिना गरेको रहस्य बाहिरिएको छ । शाखामा कार्यरत एक कर्मचारीले नियतवस इटहरी तथा विभिन्न क्षेत्रमा रहेको सेवाग्राहीको खाताबाट कराेडाै रकम फर्जी खाता बनाएर ट्रान्सफर गरेका हुन ।

खातामा रहेको रकम निकाल्न जाँदा बैकको शाखाले उल्लेखित रकम नभएको बताएपछि सेवाग्राहीले छानबिनको माग गरेका थिए । छानबिन गर्दै जाँदा इटहरी शाखामा कार्यरत अप्रेसन इन्चार्ज विराटनगर महानगरपालिका-८ घर भएका निरज प्रधानले नियतवश १९ जना बचतकर्ताहरूको १ करोड भन्दा बढी रकम अन्य स्थानमा रहेका खातावालाहरूको नाममा सारेर ठगी गरेको खुलेको हो । सर्वसाधारण रकम नियतवश ठगी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले बैंकका अप्रेसन इन्चार्ज निरज प्रधानलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार खातावालाहरूले किटानी जाहेरी दिएपछि प्रधानलाई पक्राउ गरिएको बताए । प्रधान सँगै उनले बनाएको फर्जी खातावालाहरूको विषयमा पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।