उदयपुर / जीवन विकास लघुवित्त संस्थाले हरेक वर्षको बैशाख ७ गते स्वयंसेवक दिवस मनाउदै आएको छ । स्वयंसेवक दिवसको अवसरमा जीवन विकासको आव्हान, देश विकासमा श्रमदान भन्ने नारा सहित जीवन विकास लघुवित्त रामपुर, उदयपुरले आवास निर्माण कार्यक्रमको आयोजना गरेको छ ।  कार्यक्रममा बेलका नगरपालिका ८ नम्बर वडा कार्यालयको समेत साथ रहेको थियो भने सोहि वडाको वोप्ताङ टोलका यूवा हरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

1682001929078


बेलका नगरपालिका वडा नम्बर-८ , वोप्ताङ, उदयपूरमा बसोबास गर्दै आईरहनूभएका ६० वर्षकी मानसिक रुपले अस्वस्थ र कान समेत नसून्ने कान्छीमाया राई र उनकि बहिनि ५५ वर्षिय इबोङसरि राईको आमाबुबा बित्नु भएको, दाजू भाई नभएको र दूवै दिदि बहिनीको विवाह समेत नभएको र उहाँहरुलाई हाल सहारा दिने कोहि नभएकाले जीवन विकास लघूवित्त वित्तीय संस्था लि. रामपुर शाखाका शाखा प्रमूख नारायण प्रसाद सूबेदीले केहि हेरचारको जिम्मा लिनूभएको र सोहि अनूरुप बिहिवार  संस्थाको स्वयंसेवक दिवसको दिन संंस्थाले उक्त  दिदि बहिनीको आवासको अवस्था दयनिय रहेको हूदा सो आवास निर्माण गरिदिएको छ । "आज आमाको मूख हेर्ने दिनमा आमा शब्द सुन्न नपाएका बृद्ध आमाहरुको मूखमा हाँसो ल्याउन सफल भएकोमा असाध्यै खूसि लागेको" शाखा प्रमुख  नारायण प्रसाद सुबेदी बताउँछन् ।


1682001929073 (1)


त्यसैगरी  बेलका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जय कूमार राई भन्नूहून्छ , "यस्तो पूण्यको काममा साथ दिन पाउदा मन बाट नै गर्व लागेको छ, जीवन विकासले यस्तो राम्रो कामहरु गर्दै जाओस र राम्रो काममा साथ दिँदै जान पाँउ ।"  बिहिवार जीवन विकास लघूवित्त वित्तीय संस्था लि.का अधिकासं शाखाहरु द्वारा संस्थाको स्वयंसेवक  दिवसका अवसरमा श्रमदान गरि दिवस  मनाएको छ ।