रामधुनी / नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ सनिबार रामधुनी८ को डुम्राहा मा सम्पन्न भएको छ।

रामधुनी - का पार्टी सदस्य सहभागि रहेको कार्यक्रमलाई  नेकपा एमालेका कोशी प्रदेस संसदीयदलका  प्रमुख सचेतक  रेवती भण्डारी ले पार्टीका सिद्धान्त, विचार, भुमिका बारेमा प्रशिक्षण गर्नु भएको थियो।मिसन ग्रासरुट अन्तर्गत वडा नं ८ को अबस्थाको प्रतिवेदन वडा नं ८ का अभियन्ता डेगराज फुयालले प्रस्तुत गर्नु भएको थियो।

342604360_916562212729877_2947412023399401417_n

कार्यक्रममा अभियान सफलताको लागि नेकपा एमाले रामधुनी नगरकमिटी अध्यक्ष यज्ञराज खड्कालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। 

एमाले रामधुनी-८ पार्टी अध्यक्ष  कृष्ण प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन मिसन ग्रासरुट अभियान वडा नं ८ का इन्चार्ज  गोपाल  निरौलाले  गर्नु भएको थियो।

342970398_1166818377333045_3980963606608869466_n

कार्यक्रम मा एकिकृत सिबिर अन्तर्गत ११७ जना जेष्ठ नागरिक लाई सम्मान, ११५ जनालाई नि:सुल्क स्वस्थ परीक्षण  लगायत  कार्यक्रममा ५०० भन्दा बढि पार्टी सदस्यको सहभागिता रहेको थियो .  गत फागुन २७  गतेबाट शुरु भएको मिसन ग्रासरुट कार्यक्रम आगामी बैशाख-मसान्त  सम्म सञ्चालन हुने बताईएको छ।

342603910_771388667911382_6951923594965289550_n