इटहरि / सहारा नेपाल साकाेस तरहरा ले सदस्य सुनेाे सदस्य बुझौ अभियान सदस्य शिक्षा तथा विस्तारित मन्च कार्यक्रम इटहरि उपमहानगरपालिका वडा नं २ का अध्यक्ष माघव काेइरालाकाे प्रमुख आतिथ्यतामा तथा तरहरा सेवा केन्द्रकाे शेयर सदस्य सृजना काेइराला काे अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा सदस्य धनमाया मगरको निधनमा कर्जा मिनाहा बापत तिरिसकेकोको रकम समेत रु २ लाख ५० हजार श्रीमान हेम बहादुर मगरलाई र श्रीमान को निधनमा सेयर सदस्य तारा देवी कार्की लाई कर्जा मिनाहा बापत २० हजार नगद हस्तान्तरण गरेको छ । साथै विमा रकम रु १ लाख ५२ हजार ५ सय ४३ रुपैयाँ वितरण तथा सफल उधमि ३ जना सदस्यलाइ पुरस्कृत समेत गरेकाे छ ।
सहारा नेपाल तरहराले नया बर्षकाे अवसर पारेर इटहरि २, शान्तिनगरमा रहेका विभिन्न समुहका सदस्य , शेयर सदस्य तथा अभिभावक काे उपस्थितिमा नया बर्षकाे शुभकामना साटासाट तथा सदस्यका समस्या, समस्या तथा गुनासा हरु सुन्ने र बुझाउने साथै सस्थाका नया कार्यक्रम काे विषयमा जानकारि गराएको छ।

कार्यक्रममा अथतिथिहरु लिटर फ्लावर सन्चालक तथा पूर्व प्रिन्सिपल पारु कुमारि आले , भु पु सेेनिक क्लब् का उपादक्ष मिन बहादुर कट्वाल , सहारा नेपाल साकाेस अनुगमन अधिकृत रतन तिम्सिना, पशु प्राविधिक भुपेन्द्र अमात्य , सामुदायिक प्रहरी तेज ब पुरि तगायत स्थानीय बुद्दिजिबी, समाजसेबी, लगायत सेयर सदस्य तथा समुहका पदाधिकारिकाे उपस्थिति रहेको थियो
वडा अध्यक्ष माधव काेइरालाले सदस्यले लिएकाे रिणकाे सहि सदुपयाेग गरि आफ्नाे जिवनस्थर उकास्न र राम्रो कार्यकाे लागि सस्थालाइ सदैब साथ र सपाेर्ट गर्ने र सस्थाकाे विभिन्न कार्यकम जिवन वरदान कार्यकम , पशु विमा कार्यकम , कर्जा मिनाहा कार्यक्रम लगायतका कार्यक्रम अत्यन्त राम्रो रहेकाे बताउनु भयो।

कर्मचारि भुपेन्द्र सापकाेटाले सन्चालनगर्नुभएको उक्त कार्मायक्रममा सेवाकेन्द्र प्रमुख शान्ता काफ्लेले कार्यक्रमकाे उद्देस्य औचित्य सहित तरहरा सेवा केन्द्रकाे प्रगति , सम्भावना र चुनाैति तथा संस्थाले गरिरहेकाे कार्यकम तथा सामाजिक क्षेत्रका कार्यहरु बारे प्रस्ट पार्नु भयाे । काफ्लेले सदस्य ले गर्न पर्ने कार्यबारे अवगत गराउदै काम कर्तब्य र अधिकारका बारेमा जानकारी गराउनुभयो ।

तेस्तै अनुगमन अधिकृत तिम्सिनाले सहाराकाे बिगतकाे पृष्ठभुमि संगै हाल सहकारी क्षेत्रका अवसर, चुनाैति र शेयर सदस्यले खेल्नु पर्ने भुमिका र संस्थाले गरिरहेकाे सामाजिक कामकाे कामकाे बारेमा जानकारी साथेे सहारा नेपाल नै किन राेज्ने भन्ने विषय प्रस्ट्याउनुका साथै सहकारि हरु प्रति दिनदिनै जन बिस्वास घटदै गएकाे सन्दर्भमा र सहकारी हरु क्रमश धरासायि भईरहेकाे परिस्थितिमा पनि सहाराकाे बित्तिय सुचकांक सन्ताेसजनक रहेकाे र सहाराका कर्मचारीहरु प्रबिधिमा अब्बल रहे सगै पेशा प्रति इमान्दार रहेकाेले सदस्यकाे ऋण बचत अपचलन नहुने कुरामा ढुक्क भएर काराेबार गर्न आब्हान गर्नु भयाे ।कार्यक्रमकोअन्त्यमा नया बर्ष २०८० काे शुभकामना आदान प्रदान सामुहिक नाचगान गरि कार्यक्रम समापन गरिएको थियाे।

