महोत्तरी/ स्वास्थ्यकर्मीहरुका लागी स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १३ गतेबाट बर्दिबासमा शुरु भएको छ ।
मधेश प्रदेश सरकार सामाजकि विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा शुरु भएको तालिमको उद्घाटनका अवसरमा बोल्नु हुँदै तालिम केन्द्रका निर्देशक सरोज न्यौपानेले स्वास्थ्य संस्थालाई सबल र प्रभावकारी बनाउन तथा ब्यवस्थापन समतिलिाई सक्रयि बनाउनका लागी तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्नु हुँदै सहयोगी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड म्यानेजर बिनय अमात्यले स्वास्थ्य संस्थाहरुको क्षमता शुद्धीकरण तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागवल्र्ड भिजनले दीर्लघकालीन बिकासका परियोजना मार्फत सरकारसँग हातेमालो गरिरहेको कुरा बताउनुभयो ।
मधेश प्रदेश तालिम केन्द्र, पथलैया, बाराको आयोजना तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र साझेदार संस्थाहरु एककिृत ग्रामीण विकास समाज महोत्तरी,राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही, ग्रामणि विकास केन्द्र रौतहटको सहयोगमा तालिम संचालन गरिएको तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत बिपिन कुमार साहले जानकारी दिनुभयो ।

वल्र्ड भिजन इन्टरनेसनल र साझेदार संस्थाको परियोजना कार्यक्षेत्र महोत्तरीको एकडारा गाउपालिका, सम्सी गाउपालिका, सर्लाहीको हरपिुर्वा नगरपालिका , पर्सा गाउपालिका र रौतहटको गरुडा नगरपालिका , माधवनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य चौकी इन्चार्ज गरी ३० जनाको सहभागतिा रहेको एकिकृत ग्रामीण विकास समाज, महोत्तरीका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दनिुभयो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुका बरिस् ठ शिक्षक थलन्द्रि पंगेनी, प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाका अनिल कुमार चौधरी रअनिल यादवले तालिमको सहजिकरण गरीरहनु भएको छ । तालिम पश्चात सहभागीहरुले आफ्नो स्वास्थ्य संस्थामा स्वास्थ्य संस्था व्यवस्थापन समतिलिाई तालमि संचालन गर्ने योजना रहेको कुरा प्रमुख प्रशिक्षक पंगेनीले जानकारी दिनुभयो ।


